२०८३, कार्तिक १५ गते

शनिवार, कार्तिक १५ गते २०८३

एनप्याब्सन निलम्बनमा, अर्को निर्णय नभएसम्मका लागि गतिविधि रोक्का

शुक्रवार, कार्तिक १४ २०८३०४:०२

सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।

गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम दिइएको निर्देशन पटक–पटक पालना नगरेको भन्दै संस्थालाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ।

मन्त्रालयका अनुसार संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका गतिविधिसमेत गरेको पाइएको छ।

यस विषयमा मन्त्रालयले २०८३ असोज २३ गते सम्बन्धित सरोकारवालासँग छलफल गरी राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनअनुसार काम गर्न आग्रह गरेको थियो।

तर, मन्त्रालयको निर्देशनअनुसारका कार्यहरू भएको नदेखिएकाले ऐनको दफा ६ को उपदफा (२) बमोजिम एनप्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले सम्बन्धित सबैको जानकारीका लागि सूचना जारी गर्दै निलम्बनको निर्णय सार्वजनिक गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij