काठमाडौं । साताको कारोबारको पहिलो दिन सोमबार प्रि–ओपन सेसनमा सेयर बजार सामान्य अंकले घटेको छ ।
यस सेसनमा नेप्से परिसूचक ०.०४ अंकले घटेर २६९०.१० विन्दुमा झरेको हो ।
प्रि–ओपन सेसनमा ८९ वटा कम्पनीका ३७ हजार २९७ कित्ता सेयर खरिदबिक्री हुँदा कुल १ करोड ६४ लाख १० हजार २४ रुपैयाँको कारोबार भएको छ ।
कारोबार भएका कम्पनीमध्ये २५ वटाको सेयर मूल्य बढेको छ भने ४५ वटाको घटेको छ । बाँकी १९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
प्रतिक्रिया दिनुहोस