२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

‘पाँच पाण्डव’मा दीपाश्री निरौला ‘फाइटर लेडी’, अन्यायविरुद्ध लड्ने भूमिकामा

सोमवार, कार्तिक १७ २०८३०३:११

काठमाडौं। अभिनेत्री दीपाश्री निरौलाले चलचित्र ‘पाँच पाण्डव’मा आफू फरक र दमदार भूमिकामा देखिन लागेको बताएकी छन्। चलचित्रमा उनी अन्याय सहन नसक्ने र आफ्ना लागि भन्दा अरूका लागि लड्ने ‘फाइटर लेडी’को भूमिकामा छिन्।

चलचित्रमा दीपाश्रीले भीमकी श्रीमतीको भूमिका निर्वाह गरेकी छन्। उनको चरित्रको नाम ‘सितर्नी’ रहेको छ।

“यसपटक मेरो चरित्र फरक छ। यो अलिकति फाइटर टाइपको भूमिका हो। मजदुरमाथि कसैले अन्याय गर्‍यो भने सबैभन्दा पहिले मेरो हातखुट्टा चल्छन्,” दीपाश्रीले भनेकी छन्।

निर्माण पक्षले जारी गरेको प्रेस विज्ञप्तिअनुसार चलचित्रमा दीपाश्रीको प्रवेशसँगै दर्शकबाट सिठी, ताली र हुटिङ आउने अपेक्षा गरिएको छ। चलचित्रमा उनी श्रीमान्लाई समेत सुरक्षा दिने र उनको पक्षमा उभिने महिलाका रूपमा देखिनेछिन्।

“मेरो चरित्रको नाम ‘सितर्नी’ छ। चलचित्रमा अरूलाई गाली गर्दा पनि म ‘सितर्नी’ भनेर गाली गर्छु। मलाई लाग्छ, यो शब्द दर्शकको मुखमा झुण्डिनेछ,” उनले भनिन्।

वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘पाँच पाण्डव’ यही कात्तिक २० गतेदेखि प्रदर्शनमा आउनेछ।

चलचित्रमा दीपाश्रीसँगै हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौलालगायत कलाकार मुख्य भूमिकामा छन्।

नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रकी निर्माता काली रानी श्रेष्ठ हुन्। नवीनले यसअघि गत वर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए। चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। लेखक पौडेलले चलचित्रलाई सामाजिक विषयवस्तुमा आधारित नाटकका रूपमा व्याख्या गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij