२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

चीनमा यू–१९ महिला क्रिकेट सिरिज खेल्न जाने नेपाली टोलीको बिदाइ

सोमवार, कार्तिक १७ २०८३०३:२५

काठमाडौं। चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यू–१९ सिरिज’मा सहभागी हुन जाने नेपाली महिला क्रिकेट टोलीको सोमबार बिदाइ गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको कार्यक्रममा टोलीलाई बिदाइ गरिएको हो।

कार्यक्रममा क्यानका उपाध्यक्ष रोशन सिंहले आगामी वर्ष आयोजना हुने आईसीसी यू–१९ महिला विश्वकपको तयारीस्वरूप नेपाली टोलीले चीनमा सिरिज खेल्न लागेको जानकारी दिए। खेलाडीले पर्याप्त अभ्यासको अवसर पाएकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै उनले परिपक्व खेल प्रदर्शन गर्न सुझाव दिए।

टोलीका मुख्य प्रशिक्षक महेशप्रसाद रिजालले चीन भ्रमण खेलाडीका कमजोरी सुधार्ने र अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने महत्वपूर्ण अवसर भएको बताए। सिरिजले टोलीको समग्र क्षमता मूल्यांकन गर्दै आगामी प्रतियोगिताका लागि बलियो टोली निर्माण गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

टोलीकी कप्तान सोनी पाख्रिनले प्रतियोगिताका लागि आफूहरू पूर्ण तयारी अवस्थामा रहेको बताउँदै राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन्।

क्यानका अनुसार ‘बेल्ट एन्ड रोड सिरिज’ मंगलबारदेखि कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालसहित आयोजक चीन, हङकङ र थाइल्यान्ड सहभागी हुनेछन्।

नेपालले प्रतियोगितामा तीनवटै टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij