२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

साताको पहिलो दिन नेप्से ३२ अंकले घट्यो, सात अर्ब बढीको कारोबार

सोमवार, कार्तिक १७ २०८३०३:२७

साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा गिरावट आएको छ। बजार ३२.६५ अंकले घटे पनि कारोबार रकम भने सात अर्ब रुपैयाँ नाघेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज बजार १.२१ प्रतिशतले घटेर परिसूचक २ हजार ६५७.५० विन्दुमा झरेको छ।

बजार घटेसँगै आज कारोबार भएका सबै समूहका सूचक राताम्मे भएका छन्। विकास बैंक समूह सबैभन्दा बढी १.८८ प्रतिशतले घटेको छ।

आज ३४३ कम्पनीका १ करोड ९८ लाख २२ हजार ३९२ कित्ता शेयर किनबेच हुँदा कुल ७ अर्ब १८ करोड ३७ लाख १३ हजार ४७ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज बेनी हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी १३.५८ प्रतिशत नाफा कमाएका छन्। यस्तै, सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले सबैभन्दा बढी ४.८६ प्रतिशत घाटा व्यहोरेका छन्।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको ३७ करोड ६३ लाख ७७ हजार ४५१ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij