२०८३, कार्तिक २९ गते

शनिवार, कार्तिक २९ गते २०८३

गृहमन्त्री सुधन गुरुङ यूएई प्रस्थान

शुक्रवार, कार्तिक २८ २०८३०८:५२

गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुने यूएई प्रस्थान गरेका छन्। 

यूएई सरकारको औपचारिक निमन्त्रणामा गृहमन्त्री गुरुङ शुक्रबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरेका हुन्। यूएईमा आयोजना हुन् शिखर सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास तथा अपराध नियन्त्रणका नवीनतम अभ्यास आदानप्रदानबारे छलफल हुने जनाइएको छ। 

त्यस्तै, सम्मेलनमा उच्चस्तरमा नीतिगत छलफल, विषयगत तथा प्राविधिक सत्र, उच्चस्तरीय, कार्यशाला तथा तालिम, अन्तर्राष्ट्रिय प्रदर्शनी, विश्व प्रहरी पुरस्कारलगायतका गतिविधि हुने जनाइएको छ। 

सम्मेलनको यस संस्करणमा रक्षा तथा संकट प्रतिकार्य, स्वचालित रोबोट, ड्रोन तथा मानवीय क्षमता, कृत्रिम बुद्धिमत्तामा आधारित प्रहरी सेवा तथा डिजिटल रूपान्तरण, साइबर आक्रमण तथा डिजिटल ठगी नियन्त्रणमा छलफल हुनेछ। 

यसैगरी, क्रिप्टो कारोबार तथा वित्तीय अपराध नियन्त्रण, अपराध अनुसन्धान, गुप्तचर सूचना तथा आधुनिक फरेन्सिक प्रविधि,  लागूऔषध तथा संगठित अपराध नियन्त्रण, सीमा सुरक्षा तथा स्मार्ट सुरक्षा प्रणाली र भू–उपग्रह सूचना तथा अन्तरिक्ष सुरक्षा लगायतका १४ विषयगत क्षेत्रहरू समेटिएका छन्।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij