Logo
20 May 2024    ७ जेष्ठ २०८१, सोमबार

ताजा खबर

मिलनको उपन्यास कृति ‘कर्ना’ लोकार्पण मालपोत प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा आज चौथो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड इरानी राष्ट्रपति चढेको हेलिकप्टर सम्पर्कविहीन अहिलेको कानुनी व्यवस्थाले सुनचाँदीको अवैध कारोबार बढ्यो:सुन चाँदी व्यवसायी गुप्ता ‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४’ को पहिलो अडिसन सम्पन्न, दोश्रो जेष्ठ १८ मा

प्रसिद्ध शिक्षासेवी तथा समाजसेवी अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा निधन

admin

काठमाडौँ — प्रसिद्ध शिक्षासेवी तथा समाजसेवी अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा शनिबार निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित जोशीको उपचारको क्रममा महाराजगन्जस्थित न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपालको छात्रा शिक्षालाई जोशीको महत्वपूर्ण योगदान रहेको छ । उनकै अगुवाईमा काठमाडौंमा पद्म कन्या ९पीके० क्याम्पसको जग्गा व्यवस्था र क्याम्पस स्थापना भएको हो । उक्त क्याम्पसमा पढ्ने छात्राले पहिरिने पोशाक गेरु रंगको सारी र चोला जोशीले लागू गरेकी थिइन् ।

जोशीको जन्म सन् १९३२ अगस्ट १५ मा काठमाडौंको डिल्लीबजारमा भएको थियो । जोशीको कलिलै उमेरमा नेपालका पहिलो आणविक वैज्ञानिक बलराम जोशीसँग विवाह भएको थियो । त्यसपछि शिक्षाआर्जन गरेकी थिइन् ।

२००७ सालमा एसएलसी उत्तीर्ण गरेकी जोशीले पतिसँगै वनारसबाट राजनीति शास्त्र र संस्कृत विषयमा बिए शिक्षा हासिल गरेका थिए । त्यसपछि बेलायतबाट ब्यारिस्टर (कानुनमा अधिवक्ता) बन्ने पहिलो महिला हुन् । साथै क्याम्पस प्रमुख बन्ने पहिलो नेपाली महिला हुन् ।

जोशीका दुई छोरी प्रभा र ज्योति, एक छोरा किरणराज तथा बुहारी रुपा जोशी र १०७ वर्षकी सासुआमा चन्द्रकुमारी जोशी छन् । जोशीको शनिबार पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको