Logo
02 Feb 2026    २० माघ २०८२, सोमबार

ताजा खबर

घुससहित रंगेहात पक्राउ परे विमानस्थलको भन्सार शाखाका तीन कर्मचारी तोलामा साढे १३ हजारले घट्यो सुनको मूल्य, कति पुग्यो ? नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’ सोमबार शिव आराधनाको महत्त्व : अर्धनारीश्वर पूजा, मन्त्र जप र व्रतले मिल्छ सुख–शान्ति युक्रेनमा रुसको भीषण ड्रोन आक्रमण, १२ को मृत्यु, सात घाइते वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

चर्चित गायिका सिन्धु मल्ल र नेपाल आईडलका गायक अमित बरालको ‘चैर मुसी चैर’ सार्वजनिक (भिडियो सहित)

admin

काठमाडौं – नेपाली साँगितिक क्षेत्रका चर्चित एवं लोकप्रिय गायिका सिन्धु मल्ल र नेपाल आईडलका गायक अमित बरालको आवाजमा रहेको गीत ‘चैर मुसी चैर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । एटके एभरेष्ट मोसन पिक्चर्सको युट्यूब च्यानलबाट सार्वजनिक भएको गीतको भिडियो राष्ट्रिय नाचघरमा सम्पन्न मिस्टर एण्ड मिस एसईई आइकन सिजन ६ को ग्राण्ड फिनालेबाट समेत सार्वजनिक गरिएको थियो ।

भिडियो हेर्नुहोस् :

थुपै्र तिज गीत, लोकगीत तथा आधुनिक गीत गाएर निकै चर्चा कमाएकी गायिका सिन्धु मल्लको पछिल्लो गीतमा शब्द सुदाम थापा र नरेन्द्र राज रेग्मि तथा संगीत सुदाम थापाको रहेको छ। भने संगीत संयोजन केशब प्रकाशको रहेको छ । गीतको भिडियोलाई शिब बिकेले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । भिडियोमा चर्चित नायक पल शाह र नायिका बर्षा सिबाकोटीको अभिनय रहेको छ ।

 

 

 

 

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको