Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

११ औँ रोटर्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स मणिग्राममा आयोजना हुँदै

admin

काठमाडौं, पुस- २९ ।

रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२, नेपाल र भुटानले ११ औँ रोटर्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स आयोजना गर्दैछ।उक्त सम्मेलन माघ ४ र ५ गते तदनुसार जनवरी १८ र १९ मा मणिग्राम बुटवलमा हुन लागेको हो । रोटर्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स रोटर्याक्टले आयोजना गर्ने वार्षिक कार्यक्रम हो। उक्त सम्मेलनमा देश भर छरिएर रहेका रोटर्याक्ट क्लबहरुबाट १,००० युवा प्रतिनिधिहरु सहभागी हुने अनुमान छ। सम्मेलन युवाहरुको लागि स्थान सृजना९क्रिएटिंग स्पेसेस फर युथ- मूल विषय (थिम) मा आधारित रहने छ।

रोटर्याक्ट डिस्ट्रिक्टका अनुसार यस्तो विषय राख्नुको उद्देश्य रोटर्याक्ट जस्तो सामाजिक संस्थाहरुको स्थान कस्तो भनेर बुझाउनु हो साथै यस्ता युवा सामाजिक संस्थाहरुको प्रतिनिधित्व गर्दा आवाज उठाउनु पनि हो। सम्मेलनमा युवाहरु लक्षित विभिन्न सत्र, तालिम, र छलफलहरु राखिंदै छ। रोटर्याक्ट सदस्यहरुलाई प्रोत्साहन गर्न युवा राजनीतिक नेताहरु, प्रशिक्षकहरु, सामाजिक अभियान्ताहरु, सरकारी कर्मचारीहरु श्रोत व्यक्तिका रुपमा सम्मेलनमा सहभागी हुँदैछन् । सम्मेलनमा युवा नेता एबम सांसद गगन थापा, राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव प्रसाद ढुंगेल, युवा राजनीतिज्ञ रहबर अन्सारी लगायत डिस्ट्रिक्ट गभर्नर रोटरियन चिन्तामणि भट्टराई,डिस्ट्रिक्ट गभर्नर नोमिनी रोटरियन राजीव पोख्रेल आदी उपस्थितीको तयारीमा रहेको जानकारी आयोजकले गराएको छ ।

साथै केहि युवाको क्षेत्रमा कृयाशिल गैर सरकारी संस्थाहरु पनि सम्मेलनमा समावेश हुने बताईएको छ ।

सम्मेलनलाई सफल पार्न स्थानिय स्तरमा रोटर्याक्ट क्लब अफ बुटवल, रोटर्याक्ट क्लब अफ तिनाउ सिटी, रोटर्याक्ट क्लब अफ भैरवहा, रोटर्याक्ट क्लब अफ कपिलवस्तु मिड टाउन र रोटर्याक्ट क्लब अफ थेम्स इन्टरनेशनल कलेजले संयुक्त ब्यवस्थापनको जिम्मेवारी सम्हाल्दै छन ।

नेपालमा १२६ वटा रोटर्याक्ट क्लब

नेपालमा रोटर्याक्ट क्लब रोटरी इन्टरनेशनल सँग आवद्द युवा सामाजिक संस्था हो। रोटर्याक्ट क्लब रोटरी क्लबको युवा भ्रातृ संस्था हो र हाल नेपालमा १२६ वटा क्लबहरु छन्। ५००० को हाराहारीमा सदस्य भएको यस संस्थाले विभिन्न सामाजिक कार्यहरु र नेतृत्व विकासमा कामहरु गर्दै आएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको