कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण रोकिएको खेलकुद अभ्यास र प्रशिक्षण पोखरामा आजदेखि शुरु भएको छ । यसै वर्ष गण्डकी प्रदेशमा तय गरिएको नवौँ राष्ट्रिय खेलकुद तथा अन्तरराष्ट्रिय प्रतियोगितालाई लक्ष्य गरी प्रशासनको अनुमतिमा आंशिकरुपमा खेलकुद अभ्यास तथा प्रशिक्षण शुरु गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँले बताए । सम्बन्धित […]

Read More

किर्तिमानी नेपाली पार्कर खेलाडी दिनेश सुनारले अमेरिकाबाट पाँचौँ पार्कर विश्व किर्तिमान राख्न सफल भएका छन् । खोटाङको अति विकट गाउँ खाम्तेल कामीडाँडामा जन्मेका दिनेश नेपालको नाम विश्वमा चिनाउँदै पार्कर खेलाडीको रूपमा आफ्नो र देशको नाम इतिहास रच्न सफल भएका छन। चार पटकको आफ्नै रेकर्ड तोड्दै पाँचौँ पटक ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउन सफल […]

Read More

घरेलु टोली इंग्ल्यान्डलाई हराउँदै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि चुमेको हो । वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा इटालीले जित हासिल गर्न सफल […]

Read More

अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा  ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेको हो । अर्जेन्टिनाको जितमा एन्जिल डि मारियाले निर्णायक गोल गरे।   पहिलो हाफको २२ औं मिनेटमा गोल गर्दै डि मारियाले अर्जेन्टिनालाई महत्वपूर्ण सुरुवाती अग्रता दिलाएका थिए। रोड्रिगो डि पउलले उपलब्ध गराएको लङ […]

Read More

डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो । वेम्बली स्टेडियममा भएको सेमी फाइनल खेलमा  इंग्ल्यान्डले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले एक गोल गरे । इंग्ल्यान्डले […]

Read More

 स्पेनलाई हराउँदै इटाली युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डमा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै इटाली फाइनलमा प्रवेश गरेको हो । वेम्बलीमा खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा इटालीले बाजी मार्दै उपाधिनजिक […]

Read More

चेक रिपब्लिकलाई क्व्वटर फाइनलमा हराउँदै डेनमार्क युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा चेक रिपब्लिकलाई २-१ गोलले पराजित गर्दै डेनमार्क अन्तिम सेमिफाइनलमा पुगेको हो । डेनमार्कलाई जित दिलाउन थोमस डेलानेले  १  र कास्पर डोलवर्गले १ गोल गरे । चेक रिपब्लिकका प्याट्रिक शिकले १ गोल फर्काए ।डेनमार्कविरुद्धको गोलसँगै प्याट्रिकले जारी युरोमा ५ […]

Read More

इटाली युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बेल्जियमलाई शनिबार बिहान भएको खेलमा २-१ गोलले पराजित गर्दै इटाली सेमिफाइनलमा पुगेको हो । जर्मनीको एलिनाज स्टेडियममा इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल गरेका थिए। अब सेमिफाइनलमा इटालीले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

Read More

युरोकप फुटबल अन्तर्गत पहिलो क्वाटरफाइलनमा जित हात पार्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । रुसमा शुक्रबार राति भएको खेलमा स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा प्रवेश गरेको हो । पेनाल्टी सुटआउटमा स्पेनले जित हासिल गर्‍यो । सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा […]

Read More
1 2 3 44