Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड आज शुक्रवार सन्तोषी माता व्रत प्रभावले हुन्छ यस्तो लाभ: १६ शुक्रबार व्रतको महिमा र विधि

१५ औँ इन्टर कलेज रोट्रयाक्ट रनिङ्ग शिल्ड क्विज कन्टेस्ट सम्पन्न

admin

रोट्रयाक्ट क्लब अफ काठमाडौँ, रोट्रयाक्ट क्लब अफ बुटवल साउथ र रोट्रयाक्ट क्लब अफ पोखराले संयुक्त रुपमा आयोजना गरेको “१५ औँ इन्टर कलेज रोट्रयाक्ट रनिङ्ग शिल्ड क्विज कन्टेस्ट” सम्पन्न भएको छ जसमा काठमाडौँ को ‘चेल्सी इन्टरनेसनल एकेडेमी’ प्रथम भएको छ। फाल्गुन ३ गते शनिबार रोटरी हल, थापाथली काठमाडौँमा सम्पन्न भएको उक्त कार्यक्रममा काठमान्डौ कै ‘युनिग्लोब कलेज’ ले दोश्रो र पोखराको ‘स्कुल अफ इञ्जिनियरिङ्ग, पोखरा युनिभर्सिटी’ ले तेस्रो स्थान हासिल गर्न सफल भए। यस कार्यक्रमको रिजनल गेम काठमान्डौ, बुटवल र पोखरामा गरि ३८ वटा टिमबीच माघ २५ गते प्रतिस्पर्धा भएको थियो जसबाट उत्कृस्ट चार टिमलाई फाइनलमा समावेश गरिएको थियो। विगत १५ बर्सदेखी हुदै आएको यस इन्टर कलेज रोट्रयाक्ट रनिङ्ग शिल्ड क्विज कन्टेस्टको १५औं संस्करणमा मुख्य स्पोन्सर को रुपमा ‘द आशा प्रोजेक्ट’ रहेको थियो साथै स्पोन्सरिङ्ग पार्टनर कै रुपमा ‘चियाज’ रहेको थियो। कार्यक्रममा सपोर्टिंग पार्टनर को रुपमा ‘रोट्रयाक्ट क्लब अफ डिल्लीबजार काठमाडौँ’, मिडिया पार्टनरको रुपमा ‘मेगा टेलिभिजन’, ‘भवानी ईण्टर्टेइन्मेण्ट’ र ‘ग्लोकल खबर’, हस्पिटालिटी पार्टनरको रुपमा ‘ओयो नेपाल’, एडभेन्चर पार्टनरको रुपमा ‘धुलिखेल जिपलाइन’र ट्राभलर पार्टनरको रुपमा ‘ट्रिप एन पी’ रहेका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको