Logo
30 Oct 2025    १४ कार्तिक २०८२, बिहीबार

ताजा खबर

रेशमलाल चौधरीको नयाँ पार्टी ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ दर्ताका लागि निवेदन बाढी पहिरोका कारण राजमार्ग अवरुद्ध कारागारबाट रविको चार बुँदे सन्देश विश्वकप लिग-२ : आज यूएईसँग भिड्दै नेपाल ४४ जिल्लामा सतर्कता अपनाउनुपर्ने, अत्यावश्यक नभइ बाहिर ननिस्कन आग्रह ‘मोन्था’ चक्रवातको प्रभाव कायमै, ठाउँठाउँमा वर्षा

१५ औँ इन्टर कलेज रोट्रयाक्ट रनिङ्ग शिल्ड क्विज कन्टेस्ट सम्पन्न

admin

रोट्रयाक्ट क्लब अफ काठमाडौँ, रोट्रयाक्ट क्लब अफ बुटवल साउथ र रोट्रयाक्ट क्लब अफ पोखराले संयुक्त रुपमा आयोजना गरेको “१५ औँ इन्टर कलेज रोट्रयाक्ट रनिङ्ग शिल्ड क्विज कन्टेस्ट” सम्पन्न भएको छ जसमा काठमाडौँ को ‘चेल्सी इन्टरनेसनल एकेडेमी’ प्रथम भएको छ। फाल्गुन ३ गते शनिबार रोटरी हल, थापाथली काठमाडौँमा सम्पन्न भएको उक्त कार्यक्रममा काठमान्डौ कै ‘युनिग्लोब कलेज’ ले दोश्रो र पोखराको ‘स्कुल अफ इञ्जिनियरिङ्ग, पोखरा युनिभर्सिटी’ ले तेस्रो स्थान हासिल गर्न सफल भए। यस कार्यक्रमको रिजनल गेम काठमान्डौ, बुटवल र पोखरामा गरि ३८ वटा टिमबीच माघ २५ गते प्रतिस्पर्धा भएको थियो जसबाट उत्कृस्ट चार टिमलाई फाइनलमा समावेश गरिएको थियो। विगत १५ बर्सदेखी हुदै आएको यस इन्टर कलेज रोट्रयाक्ट रनिङ्ग शिल्ड क्विज कन्टेस्टको १५औं संस्करणमा मुख्य स्पोन्सर को रुपमा ‘द आशा प्रोजेक्ट’ रहेको थियो साथै स्पोन्सरिङ्ग पार्टनर कै रुपमा ‘चियाज’ रहेको थियो। कार्यक्रममा सपोर्टिंग पार्टनर को रुपमा ‘रोट्रयाक्ट क्लब अफ डिल्लीबजार काठमाडौँ’, मिडिया पार्टनरको रुपमा ‘मेगा टेलिभिजन’, ‘भवानी ईण्टर्टेइन्मेण्ट’ र ‘ग्लोकल खबर’, हस्पिटालिटी पार्टनरको रुपमा ‘ओयो नेपाल’, एडभेन्चर पार्टनरको रुपमा ‘धुलिखेल जिपलाइन’र ट्राभलर पार्टनरको रुपमा ‘ट्रिप एन पी’ रहेका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको