Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

एमालेको बैठकले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ

admin

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमालेको स्थायी कमिटीको अनौपचारिक बैठकले सर्वोच्च अदालतको सोमबारको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ। बैठकले फैसला त्रुटीपूर्ण भए पनि कार्यान्वयन गर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

बैठकले सर्वोच्चको फैसलाले संसदीय प्रणालीको आधारभूत संरचनालाई खल्बल्याउने विश्लेषणसमेत गरेको छ। प्रवक्ता ज्ञवालीले सर्वोच्चको फैसलाले संसदीय व्यवस्थाका आधारभूत संरचना खल्बल्याउने बताए। मंगलबार स्थायी कमिटीको बैठक बसेर सर्वोच्चको फैसलाबारे थप धारणा बनाउने ज्ञवालीले जानकारी दिए। सर्वोच्चले सोमबार प्रतिनिधिसभा विघटनलाई बदर गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको