Logo
02 Feb 2026    २० माघ २०८२, सोमबार

ताजा खबर

घुससहित रंगेहात पक्राउ परे विमानस्थलको भन्सार शाखाका तीन कर्मचारी तोलामा साढे १३ हजारले घट्यो सुनको मूल्य, कति पुग्यो ? नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’ सोमबार शिव आराधनाको महत्त्व : अर्धनारीश्वर पूजा, मन्त्र जप र व्रतले मिल्छ सुख–शान्ति युक्रेनमा रुसको भीषण ड्रोन आक्रमण, १२ को मृत्यु, सात घाइते वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

चीनमा फेरि कोरोना संक्रमण फैलिन थाल्यो

admin

चीनमा फेरि कोरोना संक्रमण फैलिन थालेको छ। कोरोना महामारी नियन्त्रण भएको भनिएको लामो समयपछि पुनः संक्रमित देखिन थालेपछि चीन सरकार चिन्तित बनेको छ।

चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार पछिल्लो समय चीनको उत्तरपूर्वी तटीय सहर डालियानमा देखापरेको कोरोना संक्रमण फैलिँदै अहिले देशका ५ प्रान्तको ९ सहरमा पुगिसकेको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार कोरोना संक्रमण फेरि जाग्न थालेपछि लकडाउनजस्ता प्रतिबन्ध पुनः सुरु गर्नुपर्ने देखिएको चिनियाँ अधिकारीले बताएका छन् । गत वर्ष (सन् २०१९) अन्तिमतिर चीनमा सुरु भएको कोरोना संक्रमण लकडाउनलगायत प्रतिबन्ध लगाइएपछि नियन्त्रणमा आएको थियो। तर केही दिनयता चीनका विभिन्न स्थानमा कोरोना संक्रमण पुनः देखापर्न थालेको हो।

मंगलबार मात्रै चीनमा ६८ जना नयाँ संक्रमित भेटिएका हुन्। यो संख्या अप्रिलयताकै ठूलो भएको चिनियाँ अधिकारीले जनाएका छन्।

त्यसमा पनि ५७ संक्रमित सिन्जियाङ प्रान्तका मात्र हुन्। यस्तै लियोनिङ प्रान्तको पोर्ट सिटी डालियानमा पनि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो हप्ता चीनस्थित सामुद्रिक खाना प्रशोधन गर्ने एक कारखानामा धेरै जनामा कोरोना संक्रमण भएको छ। डालियान सहरमा मात्रै नयाँ संक्रमित ४४ जना भइसकेका छन्।

जहाँ एक जना लक्षणबिनै संक्रमित भएको पाइएपछि स्थानीय अधिकारीले बाहिरबाट आउने मानिसको कडा निगरानी गर्न थालेका छन् ।

मंगलबार बेइजिङमा पनि एक जना संक्रमित फेला परेका छन्। उनले डालियानकै एक जना लक्षण नभएका संक्रमितसँग सम्पर्क गरेका थिए। डालियानमा मंगलबार पुष्टि भएका १२ संक्रमितमा कोरोनाका कुनै लक्षण थिएनन्। चीनमा अहिले पनि ३ सय ९१ कोरोना संक्रमित अस्पतालमा छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको