Logo
19 May 2024    ६ जेष्ठ २०८१, आईतवार

ताजा खबर

‘लेनडाँडा’ सुरुङमार्ग ‘ब्रेक थ्रु’ चार एसएसपी डिआइजी बढुवामा सिफारिस इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति पौडेल मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जा केही सहज

पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित

admin

काठमाडौं । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित भएका छन् । कुरैशी स्वयंले ट्वीटरमा यो जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम क्वारेन्टिनमा बसेँ । ममा कोरोना पोजेटिभ पाइएको छ ।’

विदेशमन्त्री कुरैशीले लेखेका छन्, ‘अल्लाहको कृपाले म मजबुत र ऊर्जावान महसुस गरिरहेको छु । कृपया मेरो लागि प्रार्थना गर्नुहोला ।’

उनले घरमै बसेर आफ्नो जिम्मेवारी पूरा गरिरहेको जानकारी पनि दिएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पाकिस्तानमा २ लाख २१ हजार ८ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार ५ सय ५१ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा कोरोनाबाट हालसम्म १ लाख १३ हजार ६२३ जना निको पनि भएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको