Logo
19 May 2024    ६ जेष्ठ २०८१, आईतवार

ताजा खबर

राष्ट्रियसभा बैठक बस्दै प्रतिनिधिसभा बैठक बस्दै ‘लेनडाँडा’ सुरुङमार्ग ‘ब्रेक थ्रु’ चार एसएसपी डिआइजी बढुवामा सिफारिस इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति पौडेल मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय

पछिल्लो २४ घण्टामा नेपालमा थप २९३ जना कोरोना संक्रमित ,काठमाडौंका २७ सहित उपत्यकामा ३० संक्रमित थपिए

admin

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २७ जना, ललितपुरका २ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंका संक्रमितमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ५ जना, वीर अस्पतालमा १ जना र त्रिवि शिक्षण अस्पतालमा २१ जना भेटिएका हुन् ।

शिक्षण अस्पतालमै भक्तपुरका १ जना र ललितपुरका २ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

 पछिल्लो २४ घण्टामा नेपालमा थप २९३ जना कोरोना संक्रमित थपिएका छन्।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १३२ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ हजार ५४७ पुगेको छ।

आज २५ प्रयोगशालामा ४ हजार ७१० जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताए। 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको