Logo
19 May 2024    ६ जेष्ठ २०८१, आईतवार

ताजा खबर

राष्ट्रियसभा बैठक बस्दै प्रतिनिधिसभा बैठक बस्दै ‘लेनडाँडा’ सुरुङमार्ग ‘ब्रेक थ्रु’ चार एसएसपी डिआइजी बढुवामा सिफारिस इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति पौडेल मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौंको कुन कुन स्थानका छन आज थपिएका संक्रिमत ?

admin

२२ असार, काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ८० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये कुल ५४ जना काठमाडौं उपत्यकामा थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले बताए अनुसार थपिएका ५४ जनामध्ये २४ जना काठमाडौंका, २० जना ललितपुरका र १० जना भक्तपुरका रहेका छन् ।

काठमाडौंमा थपिएका २४ जना संक्रमितहरुमध्ये कपन, महाराजगञ्ज, चाबहिल, भक्तपुरको चाँगुनारायण, ललितपुरको महालक्ष्मीस्थान, सुनाकोठी, थैब, गोदावरी, हात्तीवन, चापागाउँ, हरिसिद्धिलगायतका ठाउँमा भेटिएको प्रवक्ता गौतमले बताए ।

थपिएका थप संक्रमितसँगै हालसम्म उपत्यकाका काठमाडौंमा १६१ जना, ललितपुरमा ३९ र भक्तपुरमा ३९ जना संक्रमित देखिएका छन्। त्यस्तै, हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या संख्या १५ हजार ९ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको