अस्ट्रेलियाको मेलबर्नमा पुनः ६ हप्ताको लागि लकडाउन घोषणा गरिएको छ।
एक सय ९१ नयाँ कोरोना संक्रमित थपिएपछि मेलबर्नमा ६ हप्ताको लागि लकडाउन लागू गरिएको बीबीसीले जनाएको छ। बुधबार मध्यरातिदेखि लकडाउन लागू हुने जनाइएको छ। विश्व स्वास्थ्य संगठनले कोरोनाको दोस्रो लहर देखिनसक्ने चेतावनी दिएको समयमै अस्ट्रेलियामा नयाँ संक्रमितहरु देखा पर्न थालेका छन्।
कोरोना प्रकोप नियन्त्रणमा नआएकै समयमा विभिन्न देशले लकडाउन खोलेका कारण विश्वभर धेरै संक्रमित धेरै देखिन थालेको विज्ञहरुको भनाइ छ। एजेन्सी
लोकप्रिय समाचार