Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

केपी ओली र प्रचण्डले ओढाए खुशीराम पाख्रिनको पार्थिव शरीरमा पार्टीको झण्डा

admin

राष्ट्रखबर
भरतपुरको जनसभामा गीत गाउँदा–गाउँदै हृदयघात भएर निधन भएका जनवादी गायक खुशीराम पाख्रिनको ज्ञानेश्वर सामुदायिक वन नजिक अन्त्येष्टि गरिँदैछ ।अन्त्येष्टि अघि माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा पाख्रिनको शवलाई श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

श्रद्धाञ्जली कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीको झण्डा ओडाएका थिए । सो कार्यक्रममा माओवादी नेता रामबहादुर थापा, अमिक शेरचन, नारायण दाहाललगायतका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । श्रद्धाञ्जलीसभामा माओवादी नेता सूर्य सुवेदीले पार्टीको तर्फबाट शोक बक्तव्य पढेर सुनाएका थिए ।

भरतपुरको केन्द्रीय बस टर्मिलनमा आयोजित चुनावी सभामा गीत गाएपछि ढलेका पाख्रिनको मंगलबार उपचारको क्रममा नारायणी सामुदायिक अस्पतालमा निधन भएको थियो । गायक पाख्रिन माओबादीमा सन्लग्न छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको