Logo
30 Apr 2025    १७ बैशाख २०८२, बुधबार

ताजा खबर

छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध “मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य

केपी ओली र प्रचण्डले ओढाए खुशीराम पाख्रिनको पार्थिव शरीरमा पार्टीको झण्डा

admin

राष्ट्रखबर
भरतपुरको जनसभामा गीत गाउँदा–गाउँदै हृदयघात भएर निधन भएका जनवादी गायक खुशीराम पाख्रिनको ज्ञानेश्वर सामुदायिक वन नजिक अन्त्येष्टि गरिँदैछ ।अन्त्येष्टि अघि माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा पाख्रिनको शवलाई श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

श्रद्धाञ्जली कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीको झण्डा ओडाएका थिए । सो कार्यक्रममा माओवादी नेता रामबहादुर थापा, अमिक शेरचन, नारायण दाहाललगायतका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । श्रद्धाञ्जलीसभामा माओवादी नेता सूर्य सुवेदीले पार्टीको तर्फबाट शोक बक्तव्य पढेर सुनाएका थिए ।

भरतपुरको केन्द्रीय बस टर्मिलनमा आयोजित चुनावी सभामा गीत गाएपछि ढलेका पाख्रिनको मंगलबार उपचारको क्रममा नारायणी सामुदायिक अस्पतालमा निधन भएको थियो । गायक पाख्रिन माओबादीमा सन्लग्न छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको