Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

यस्ता छन ‘मिसेस क्यापिटल क्वीन नेपाल २०१७’का प्रतिस्प्रधी (फोटो ग्यालरी)

admin

विवाहित महिलाहरूको व्यक्तित्व विकास, प्रतिभा प्रस्तुति र उनीहरूलाई घरबाट बाहिर ल्याएर नेतृत्वमा अघि बढाउन अमाजोन ईन्टरटेन्मेन्टले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको ‘मिसेस क्यापिटल क्वीन नेपाल २०१७’ को तेश्रो संस्करणको प्रतिस्प्रधीहरुको फोटोसुट सम्पन्न भएको छ। कमलादी स्थित आर्टिस्ट नेपालको स्टुडियोमा सम्पन्न फोटोसुटमा जीवनमा पहिलो पटक गरेको मोडेलङ बेस फोटोसुटमा प्रतिस्प्रधीहरुले नयाँ अनुभब भएको बताए । ग्ल्यामर फोटोग्राफर कुबेर तामाङले बिबाहित नारीहरुमा लुकेको प्रतिभा फोटोसुटमा आफुले अनुभभ गरेको बताए। फोटोसुटमा शर्मिला कोईराला तथा उहाको टिमले मेकअपमा साथ दिएका थिए ।
मंसिर २६ गते फिनाले हुने यस् प्रतिस्पर्धाको लागि आएका प्रतिष्पर्धीलाई व्यक्तित्व विकास, नेतृत्व विकास, प्रभावकारी वत्तृत्वकला, मानवधिकार, र्याम्पम फोटोसुट लगायात विभिन्न शिषर्कमा प्रशिक्षण प्रदान गरिएको कोरियोग्राफर हिमानी सुब्बाले बताईन। विवाहित महिलाहरुमा केन्द्रित बौद्धिकता,सौन्दर्य, आन्तरिक प्रतिभा र सांस्कृतिक सचेतनाका साथ साथै प्रतियोगीहरुको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्यका साथ आयोजना गरिएको यस् प्रतियोगितामा बिबाहित महिलाहरुको उत्साहजनक सहभागिता भएको आयोजक संस्थाका प्रबन्ध निर्देशक कमल खतिवडाले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको