Logo
14 Jan 2025    १ माघ २०८१, मंगलवार

ताजा खबर

लिटिल च्याम्पियन्स नेपालको प्रथम संस्करण भव्य रुपमा सम्पन्न लिटिल प्राइड अफ नेपालको छैठौं संस्करण सम्पन्न २० औं ग्राण्ड ग्रामर सांस्कृतिक कार्यक्रम सम्पन्न आजदेखि श्री स्वस्थानी ब्रत आरम्भ चिसो बढेपछि सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द रवि लामिछाने अदालतमा उपस्थित हुँदै, थुनछेक बहस आज

मोडल वाच – सरला थापा

admin

नेपाली मोडेलिङमा पछील्लो पटक चर्चित गायक–गायिकाका स्वरले भरिएका म्युजिक भिडियोमा मोडलिङ गरेर छोटो समयमै आफ्नो परिचय स्थापित गरेकी अभिनेत्री तथा मोडल हुन्, सरला थापा।
लमजुङ जिल्लाको सुरपानी गाविस स्थायी घर भएकी सरलाले मोडलिङ्गको पेशालाई उनले पेशाकै रुपमा अगाडि बढाएकी छिन् । उनले गायिकका विन्दु परियारको ‘मलाई देख्दा दुखोम मुटु’ बोलको गीतबाट अभिनय सुरु गरेकी थिईन् । यस्तै उनले प्रमोद खरेलको ‘पिरतीमा भुल्दा सारा होस् हराएपछि…..’अन्तु पन्तको स्वर रहेको ‘मोती जस्तो आसु’…..जिन्दगीको प्राप्ति…
लगायतका म्युजिक भिडियो गरिसके पछी आर्टिस्ट नेपालका निर्देशक नब ढुंगेलले उनलाई गायिका मेलिना राईको आवाजमा रहेको गीत मैले मन पराको मान्छे मा अफर गरे , त्यो म्युजिक भिडियो निकै उत्कृष्ट सावित बनेपछि अहिले धेरै अफरहरु आएको छ ।
सानैदेखि नाच्न र अभिनयमा रुचि राख्ने उनी भविष्यमा मोडलिङ र अभिनयलाई पेसा बनाउने बताउँछिन् । ५ फिट ३ ईन्च भएकी सरलालाई दिदि सिता थापाको साथसहयोग र हौसला नै आफ्नो प्रेरणको स्रोत भएको बताउछिन । राम्रो फिल्मबाट अफर आए नायिकाको रुपमा समेत कुशल काम देखाउने योजना बनाइरहेको बताईन् ।
आर्टिस्ट नेपालबाट मोडेलिङ सुरु गरेकी मोडेल सरला थापाको प्रस्तुत फोटो आर्टिस्ट नेपाल स्टुडियोसमा फोटोग्राफर कुबेर तामाङले खिचेका हुन । युना राईले मेकअपमा साथ दिएकी हुन ।

ArtistNepal Studios Kuber Tamang Nava Dhungel Nava Dhungel - Director Sarala Thapa

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको