Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

चीनमा बाढीका कारण सोह्रको मृत्यु, दश जना वेपत्ता

admin

 

चीनको दक्षिणी क्षेत्रमा रहेको गुआङ्सी झुआङ स्वायत्त प्रदेशमा विशाल बर्षापछि आएको बाढीका कारण कम्तिमा १६ जनाको मृत्यु भएको छ भने १० जना वेपत्ता भएका स्थानीय अधिकारीले जनाएका छन् ।

व्यापक वर्षापछि गत शनिबार यता गुआङ्सी प्रदेशका कम उचाइमा रहेका वस्ती तथा शहरहरू जलमग्न भएका थिए । जसका कारण सोमबारसम्म ९१ हजार ६०० वासिन्दालाई सुरक्षित स्थलमा सारिएको क्षेत्रीय नागरिक मामिला विभागले जनाएको छ ।

बर्षाले करिब १० लाख पाँच लाख जनतालाई प्रभावित तुल्याएको छ भने ४२ करोड ८० लाख अमेरिकी डलर बराबरको आर्थिक क्षति पुर्याएको बताइएको छ । बर्षाका कारण ६०० परिवार पूर्णरूपमा विस्थापित भएका छन् भने छ हजार ५०० घरमा आंशिक क्षति पुर्याएको विभागले जनाएको छ । आइतबार चिनियाँ बाढी व्यवस्थापन अधिकारीले यहाँका ६० भन्दा बढी नदीमा पानीको तह खतराका अवस्थामा पुगेको बताएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको