Logo
03 May 2024    २१ बैशाख २०८१, शुक्रबार

ताजा खबर

सौगात जङ्ग थापाको संगीतमा ‘तिम्रो मीठो मायाले’ सार्बजनिक(भिडियो) जापानकी विदेशमन्त्री योको आइतबार काठमाडौँ आउने सबै पक्षलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न मानव अधिकार आयोगको आग्रह ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ- प्रधानमन्त्री जेठ १ गतेदेखि काठमाडौँ महानगरभित्रका एक लाख स्वास्थ्य बिमितको कार्ड जारी हुँदै सम्माननीय उपराष्ट्रपति यादव र यूरोपेली संघकी राजदूत लोरेज्नोबीच शिष्टाचार भेट

चीनमा बाढीका कारण सोह्रको मृत्यु, दश जना वेपत्ता

admin

 

चीनको दक्षिणी क्षेत्रमा रहेको गुआङ्सी झुआङ स्वायत्त प्रदेशमा विशाल बर्षापछि आएको बाढीका कारण कम्तिमा १६ जनाको मृत्यु भएको छ भने १० जना वेपत्ता भएका स्थानीय अधिकारीले जनाएका छन् ।

व्यापक वर्षापछि गत शनिबार यता गुआङ्सी प्रदेशका कम उचाइमा रहेका वस्ती तथा शहरहरू जलमग्न भएका थिए । जसका कारण सोमबारसम्म ९१ हजार ६०० वासिन्दालाई सुरक्षित स्थलमा सारिएको क्षेत्रीय नागरिक मामिला विभागले जनाएको छ ।

बर्षाले करिब १० लाख पाँच लाख जनतालाई प्रभावित तुल्याएको छ भने ४२ करोड ८० लाख अमेरिकी डलर बराबरको आर्थिक क्षति पुर्याएको बताइएको छ । बर्षाका कारण ६०० परिवार पूर्णरूपमा विस्थापित भएका छन् भने छ हजार ५०० घरमा आंशिक क्षति पुर्याएको विभागले जनाएको छ । आइतबार चिनियाँ बाढी व्यवस्थापन अधिकारीले यहाँका ६० भन्दा बढी नदीमा पानीको तह खतराका अवस्थामा पुगेको बताएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको