Logo
19 May 2024    ६ जेष्ठ २०८१, आईतवार

ताजा खबर

राष्ट्रियसभा बैठक बस्दै प्रतिनिधिसभा बैठक बस्दै ‘लेनडाँडा’ सुरुङमार्ग ‘ब्रेक थ्रु’ चार एसएसपी डिआइजी बढुवामा सिफारिस इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति पौडेल मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय

सलमान खानको घरमा गोली चलाउने दुई व्यक्ति पक्राउ

Reporter

बलिउड अभिनेता सलमान खानको घरमा गोली चलाउने दुई व्यक्ति पक्राउ परेका छन्।

भारतीय सञ्चारमाध्यम जुम टिभीका अनुसार सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाउने घटनामा संलग्न दुई व्यक्तिलाई मुम्बई क्राइम ब्रान्चले सोमबार राति गुजरातबाट पक्राउ गरेको हो।

पुलिसले पत्रकार सम्मेलनमा आरोपीको नाम विक्की गुप्ता र सागर पल बताएका छन्। उनीहरू दुवै जना बिहारमा बस्छन्।

शनिबार बिहान मोटरसाइकलमा आएका दुई जनाले सडकबाटै सलमान खान बस्ने घरमा गोली चलाएका थिए। उनीहरूले गोली चलाउन चोरीको मोटरसाइकल प्रयोग गरेका थिए।

त्यहाँ उनीहरूले पाँच राउन्ड गोली चलाएर फरार भएका थिए। सलमान खानलाई वाइ प्लस श्रेणीको सुरक्षा दिइएको छ। त्यसमा ११ जना प्रहरी खटिने व्यवस्था छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको