Logo
19 May 2024    ६ जेष्ठ २०८१, आईतवार

ताजा खबर

‘लेनडाँडा’ सुरुङमार्ग ‘ब्रेक थ्रु’ चार एसएसपी डिआइजी बढुवामा सिफारिस इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति पौडेल मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जा केही सहज

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला

Reporter

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको छ।

बुधबार ११ बजे अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भई भारतको दिल्लीबाट आई वे नं ५ मा रोकिएको फ्लाइट टभ्ज्ञज्ञछज्ञको इन्डिगो एयरको सिट नं २७ र २८ को तलपट्टि बेवारिसे अवस्थामा उक्त सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले राससलाई जानकारी दिए।

उनले भने, ‘बेवारिसे अवस्थामा भेटिएको उक्त सुनमा सिक्री तीन, सुनको बिस्कुट थान ६, त्रिभुज आकारको सुनजस्तो देखिने पहेँलो रङको धातुको टुक्राहरु दुई, सिक्री जोड्ने स–साना रिङ दुई फेला परेको छ, सोको कूल अन्दाजी तौल एक किलो ७० ग्राम रहेको छ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको