Logo
18 May 2024    ५ जेष्ठ २०८१, शनिबार

ताजा खबर

‘लेनडाँडा’ सुरुङमार्ग ‘ब्रेक थ्रु’ चार एसएसपी डिआइजी बढुवामा सिफारिस इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति पौडेल मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जा केही सहज

भारतमा आजबाट लोकसभा चुनाव

Reporter

सात चरणमा हुने भारतको आम निर्वाचनको पहिलो चरण आज देशका २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा हुँदै छ । भारतको संसद्को तल्लो सदन लोकसभाका ५४३ सदस्य चयन गर्न यसपटक ९६ करोड ९० लाख मतदाताले मतदाताका रूपमा नाम दर्ता गराएका छन् । विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास मानिने भारतीय आम निर्वाचनमा २५०० भन्दा बढी राजनीतिक दल सहभागी हुनेछन् ।

सयौँ दलले चुनावमा उम्मेदवार उठाए पनि शीर्ष १० दलले मात्रै हाल लोकसभामा ८६ प्रतिशत सिट ओगटेका छन् । विगतमा जस्तै यसपटक पनि अधिकांश निर्वाचन क्षेत्रमा आधा दर्जनजति दलका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुनेछ । यसपटकको लोकसभा सिटका अधिकांश सिटमा प्रतिस्पर्धा गर्ने मुख्य दलको यहाँ चर्चा गरिएको छ ।

भारतीय जनता पार्टी (भाजपा)भारतको केन्द्रको सत्तारुढ दल भारतीय जनता पार्टी(भाजपा) आफू विश्वको सबैभन्दा ठूलो राजनीतिक संगठन भएको दाबी गर्छ । पार्टीका अनुसार ऊसँग झन्डै १८ करोड सदस्य छन् । सन् १९८० मा भारतीय जनसंघबाट भाजपाको जन्म भएको थियो ।

यो उग्र दक्षिणपन्थी हिन्दू राष्ट्रवादी संगठन ‘राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)’ को राजनीतिक शाखा हो । युरोपेली जातीयवादी आन्दोलन र फासिस्ट पार्टीहरूको स्वरूपमा सन् १९२५ मा गठन भएको आरएसएसको मूल उद्देश्य भारतलाई हिन्दू राष्ट्र बनाउने छ र ऊ आज भाजपासहित दर्जनौँ हिन्दूवादी समूहहरूको माउ संगठन तथा वैचारिक स्रोत हो । संगठनले मोदीलगायत भाजपाका अधिकांश शीर्ष नेताहरूलाई यसको आजीवन सदस्यको रूपमा गणना गर्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको