Logo
19 May 2024    ६ जेष्ठ २०८१, आईतवार

ताजा खबर

राष्ट्रियसभा बैठक बस्दै प्रतिनिधिसभा बैठक बस्दै ‘लेनडाँडा’ सुरुङमार्ग ‘ब्रेक थ्रु’ चार एसएसपी डिआइजी बढुवामा सिफारिस इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति पौडेल मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु

Reporter

दोलखाको भीमेश्वर नगरपालिपका- १ सुस्पाबाट जन्ती लिएर जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-५ तौथलीको धारावतीमा शुक्रबार बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५२ जना सख्त घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दोलखाबाट पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस सडकबाट सय मिटर तल खसेको छ ।

दोलखाबाट तौथली हुँदै त्रिपुरासुन्दरी गापा- ४ पिस्करमा बेहुली लिन हिँडेको जन्ती बसमा ५५ जना सवार थिए ।

अहिले स्थानीय र सुरक्षाकर्मी मिलेर उद्धार कार्य भइरहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको