Logo
15 May 2024    २ जेष्ठ २०८१, बुधबार

ताजा खबर

बबईमा डुबेर दाजुभाइको मृत्यु सन्दीपको मुद्दामा आज पनि सुनुवाइ नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बरको आग्रह कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगीत सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा जिबी राईको पासपोर्ट रोक्का गर्न प्रहरीको पत्राचार

घट्यो सुनको मूल्य

Reporter

काठमाडौं, १७ बैशाख । सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यता, सोमबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। आइतबार प्रतितोला ४ सय रुपैयाँले सुनको भाउ बढेको थियो।

यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ६६५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको