काठमाडौँको बुढानिलकण्ठबाट करिब २२ किलो सुन बरामद भएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार दिउँसो उक्त सुन बरामद गरेको हो।
त्यो मध्ये केही सुनका गहना रहेको अनुसन्धान कार्यालय स्रोतले जनाएको छ। सुनसहित केही व्यक्तिलाई पनि पक्राउ गरेको छ।
यसबारे जानकारी दिन अनुसन्धान कार्यालयले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ।
प्रतिक्रिया दिनुहोस