२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

क्षेत्रीय एकीकरण र सामूहिक सुरक्षाका लागि बिमस्टेक अपरिहार्य : अमित शाह

मंगलवार, आश्विन २७ २०८३०३:२७

काठमाडौँ । भारतका गृहमन्त्री अमित शाहले क्षेत्रीय एकीकरण, आर्थिक सहयोग र सामूहिक सुरक्षाका लागि बिमस्टेक महत्त्वपूर्ण मञ्च बनेको बताएका छन्।

भारतमा मंगलबार आयोजित पहिलो गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकलाई सम्बोधन गर्दै शाहले भारतले ऐतिहासिक बैठक आयोजना गर्न पाउनु गर्वको विषय भएको बताए।

‘वसुधैव कुटुम्बकम्’ अर्थात् सम्पूर्ण विश्व एक परिवार हो भन्ने भावनाका साथ भारत अघि बढिरहेको उल्लेख गर्दै उनले शान्ति, शान्तिपूर्ण सहअस्तित्व र मानव कल्याणप्रति भारत प्रतिबद्ध रहेको बताए।

भारतले कुनै पनि देशमाथि आक्रमण गर्ने वा प्रभुत्व जमाउने नीतिमा विश्वास नगर्ने उल्लेख गर्दै शाहले सबै राष्ट्रको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्दै आएको दाबी गरे।

उनले क्षेत्रीय सुरक्षा प्रवर्द्धन तथा सदस्य राष्ट्रबीच आपसी सहयोग सुदृढ गर्न बिमस्टेक बैठक महत्त्वपूर्ण रहेको बताए। क्षेत्रीय राष्ट्रबीच सहकार्य विस्तार भएमा मात्रै साझा विकासका लक्ष्य हासिल गर्न सकिने उनको भनाइ थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij