२०८३, कार्तिक ७ गते

शुक्रवार, कार्तिक ७ गते २०८३

साइबर सुरक्षा जोखिमपछि भीसीटीएस प्रणाली अस्थायी रूपमा बन्द

शुक्रवार, कार्तिक ७ २०८३०२:३८

राजस्व अनुसन्धान विभागले सञ्चालन गर्दै आएको ‘भेहिकल कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम’ (भीसीटीएस) प्राविधिक सुरक्षा संवेदनशीलताका कारण अस्थायी रूपमा बन्द गरिएको छ।

विभागले अत्यावश्यक सूचना जारी गर्दै राष्ट्रिय साइबर सुरक्षा केन्द्रबाट पीएचपी तथा यससँग सम्बन्धित प्रविधिमा गम्भीर सुरक्षा कमजोरी देखिएको र त्यसको दुरुपयोग हुन सक्ने भन्दै साइबर सुरक्षा एडभाइजरी प्राप्त भएपछि प्रणाली बन्द गरिएको जनाएको छ।

विभागका अनुसार उक्त प्रविधिमा आधारित भीसीटीएस प्रणालीलाई थप सुरक्षित बनाउन हाललाई सेवा स्थगित गरिएको हो।

भीसीटीएस प्रणाली बन्द भएपछि मालवाहक सवारीसाधनले ढुवानी गर्दा नियमानुसार जारी गरिएका आधिकारिक बिलबिजकसहित आवश्यक कागजात साथमा राख्नुपर्ने भएको छ।

प्रणाली बन्द रहेको अवधिमा ढुवानी तथा व्यापारमा अवरोध नहोस् भनेर विभागले वैकल्पिक व्यवस्था गरेको जनाएको छ। सो अवधिमा सम्बन्धित कागजात साथमा राखेर मालसामान ढुवानी गर्न सकिने विभागले स्पष्ट पारेको छ।

विभागका अनुसार आवश्यक सुरक्षा अद्यावधिक गरी भीसीटीएस प्रणाली पुनः सञ्चालनमा आएपछि सेवाग्राही, करदाता तथा सम्बन्धित निकायले ढुवानीको विवरण नियमानुसार प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij