२०८३, मंसिर ६ गते

शनिवार, मंसिर ६ गते २०८३

पर्यटन प्रतिष्ठानले टुरिस्ट गाइड र बरिस्टा तालिम सञ्चालन गर्ने, मंसिर १५ सम्म आवेदन दिन सकिने

मंगलवार, मंसिर २ २०८३०८:५३

काठमाडौं । नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठानले टुरिस्ट गाइड र बरिस्टासम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको प्रतिष्ठानले मंसिर महिनादेखि सञ्चालन हुने तालिमका लागि इच्छुक योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।

प्रतिष्ठानले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार टुरिस्ट गाइड तालिमका लागि २८० जना छनोट गरिनेछ। उक्त तालिममा सहभागी हुन मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ। १० हप्तासम्म सञ्चालन हुने तालिमको शुल्क ३० हजार रुपैयाँ तोकिएको छ। तालिमका क्रममा हुने फिल्ड भिजिटको खानपान, बसोबास तथा यातायात खर्च भने सहभागी स्वयंले व्यहोर्नुपर्नेछ।

त्यस्तै, प्रतिष्ठानले २० जनाका लागि बरिस्टा तालिम पनि सञ्चालन गर्ने भएको छ। एक महिनासम्म सञ्चालन हुने उक्त तालिममा सहभागी हुन एसईई वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ। बरिस्टा तालिमको शुल्क २४ हजार रुपैयाँ तोकिएको छ। कम्तीमा १० जना आवेदक भएमा मात्रै तालिम सञ्चालन गरिने प्रतिष्ठानले जनाएको छ।

दुवै तालिममा सहभागी हुन इच्छुकले मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदकले मंसिर १७ गते दिउँसो २ बजेपछि प्रतिष्ठानमा सम्पर्क गर्नुपर्नेछ।

तालिमका लागि छनोट गर्न मंसिर २८ गते अन्तर्वार्ता सञ्चालन गरिने प्रतिष्ठानले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij