एसीसी एसिया कप इमर्जिङ स्टार्स क्रिकेट प्रतियोगितामा भारत ‘ए’ले नेपालसामु ३३३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन बनाएको हो।
भारतका कुमार कुशाग्रा र तिलक वर्माले शतकीय इनिङ खेले। कुशाग्राले सर्वाधिक ११७ रन बनाए। उनले १०२ बलको सामना गर्दै १० चौका र चार छक्का प्रहार गरे।
त्यस्तै, तिलक वर्माले ११३ बलमा ६ चौका र चार छक्काको मद्दतले १०७ रन जोडे। शुर्यान्स सेड्गेले अविजित ३६ तथा वैभव सूर्यवंशीले २६ रन बनाए।
बलिङतर्फ नेपालका ललितनारायण राजवंशी र कप्तान सन्दीप लामिछानेले समान तीन–तीन विकेट लिए। नन्दन यादवले दुई तथा पवन सर्राफले एक विकेट हात पारे।
अब नेपालले जितका लागि ५० ओभरमा ३३३ रन बनाउनुपर्नेछ।
नेपाली संचार क्षेत्रमा वेग्लै पहिचान निर्माण गर्ने हेतु तथा सत्य, तथ्य, निश्पक्ष र ताजा समाचारहरु आम पाठकहरु समक्ष पस्कने पहिलो दायित्ववोध सहित स्थापना भएको प्याजेन्ट नेपाल नेटवर्कद्वारा संचालित सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालमा दर्ता भएको राष्ट्रखवर पत्रिकाको अनलाईन संस्करणwww.rastrakhabar.com तथा https://rastrakhabar.com.np/ बाट २४ सै घण्टा सूचनामूलक जानकारी प्रेषित गर्ने लक्ष्य बमोजिम स्थापना गरिएको छ । अतः यहांको सल्लाह,सुझावको अत्यन्त आवश्यकता हामीले महशुस गरेका छौ ।
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३२ प्याजेन्ट नेपाल नेटवर्क प्रा.लि
ठेगाना : नक्साल १,काठमाडौं
कर्पोरेट : गोकर्णेश्वर ५,काठमाडौ
फोनः ९८५१०३५८१५,९८०८८४०३६०
ईमेल : pageantnepal@gmail.com
प्रकाशक
प्याजेन्ट नेपाल नेटवर्क प्रा.लि. प्रबन्ध निर्देशक
युवराज भण्डारी
प्रतिक्रिया दिनुहोस