२०८३, मंसिर ६ गते

शनिवार, मंसिर ६ गते २०८३

स्थानीय तह र प्रदेशको निर्वाचन पाँचवर्षे कार्यकाललाई आधार मानेर गर्नुपर्छ : प्रचण्ड

शुक्रवार, मंसिर ५ २०८३०६:४९

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह र प्रदेशको निर्वाचन संविधान तथा कानुनले सुनिश्चित गरेको पाँचवर्षे कार्यकाललाई आधार मानेर गर्नुपर्ने बताएका छन्।

शुक्रबार निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका विषयमा राजनीतिक दलहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन एकैपटक गर्ने वा अलग-अलग समयमा गर्ने भन्ने निर्णय पाँचवर्षे कार्यकाललाई ध्यानमा राखेर गर्नुपर्ने धारणा राखिएको बताए।

उनले भने, ‘स्थानीय तह र प्रदेशको निर्वाचन एकैपटक गर्ने वा अलग-अलग गर्ने विषयमा संविधान र कानुनले सुनिश्चित गरेको पाँचवर्षे कार्यकाललाई आधार मानेर निर्णय गर्नुपर्ने धारणा राखिएको छ। यस विषयमा थप छलफल गरी अर्को बैठकमा टुंगो लगाइनेछ।’

त्यस्तै, विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने विषयमा पनि निर्वाचन आयोग र राजनीतिक दलहरूबीच सकारात्मक छलफल भएको उनले जानकारी दिए।

विदेशमा रहेका नेपालीलाई निर्वाचनमा सहभागी गराउन आवश्यक प्राविधिक तथा अन्य तयारी गर्ने विषयमा आयोग र दलहरूबीच छलफल भएको प्रचण्डको भनाइ छ। उनले यसका लागि आवश्यक व्यवस्था मिलाउने विषयमा समेत छलफल भएको बताए।

 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij