२०८३, मंसिर ६ गते

शनिवार, मंसिर ६ गते २०८३

डेविड मलानको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य

बिहिवार, मंसिर ४ २०८३०७:१८

डेविड मलानको अर्धशतकप्रेरित चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा सुदूरपश्चिम रोयल्ससामु १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३३ रन बनाएको हो।

चितवनका लागि डेविड मलानले सर्वाधिक ७१ रनको योगदान दिए। उनले ४९ बलमा नौ चौका र दुई छक्का प्रहार गर्दै टोलीको इनिङ सम्हाले। जारी सिजनमा मलानको यो दोस्रो अर्धशतक हो। यसअघि उनले लिग चरणमा विराटनगर किंग्सविरुद्ध अर्धशतक बनाएका थिए।

तीन विकेट गुमाउँदा ३२ रनको अवस्थामा पुगेको चितवनलाई मलानले मध्यक्रममा सम्हाल्ने प्रयास गरेका थिए। उनले छैटौँ विकेटका लागि सलाहुदिन खानसँग ४० रनको महत्त्वपूर्ण साझेदारी गरे। १८ रन बनाएका सलाहुदिन १६.५ ओभरमा क्याच आउट भएपछि उक्त साझेदारी टुटेको थियो।

चितवनका लागि कमलसिंह ऐरीले १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। ओपनर देव खनालले ६ तथा किमल मिसराले चार रन बनाए। रिजन ढकाल र कप्तान विवेक यादवले समान तीन रन जोडे भने उसामा मिरले दुई रन बनाए। रवि बोपारा र कुशल मल्लको खातामा समान एक रन रह्यो।

सुदूरपश्चिमका स्कट कुगेलेइनले तीन विकेट लिए। उनले पहिलो विकेटका रूपमा १.३ ओभरमा किमल मिसरालाई विकेटकिपर विनोद भण्डारीबाट क्याच गराए। इलिमिनेटरमा १२० रनको शतकीय पारी खेल्दै टोलीलाई दोस्रो क्वालिफायरमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका किमलको विकेट चितवनका लागि ठूलो क्षति बन्यो।

कुगेलेइनले सलाहुदिन खानलाई जर्ज मुन्सेबाट क्याच गराए भने कमलसिंह ऐरीलाई पनि पभेलियन फर्काए।

थरिन्दु रथनायकेले दुई विकेट लिए। उनले चार ओभरमा २३ रन खर्चिए। कप्तान दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले समान एक विकेट लिए।

अब सुदूरपश्चिमले फाइनल प्रवेशका लागि चितवनले दिएको १३४ रनको लक्ष्य पछ्याउनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij