मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.३९ अंकले बढेर २ हजार ६३८.९५ विन्दुमा पुगेको हो।
यसअघि सोमबार नेप्से परिसूचक २.२६ अंकले बढेर २ हजार ६२३.५६ विन्दुमा पुगेको थियो। उक्त दिन ३ अर्ब ८२ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।
मंगलबार बजार परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। यस दिन ३५० वटा कम्पनी तथा स्क्रिप्सका १ करोड ४६ लाख ७० हजार १७७ कित्ता सेयर ५ अर्ब ५५ करोड ३० लाख १९ हजार २४९ रुपैयाँमा खरिदबिक्री भएका छन्।
कारोबारमा आएकामध्ये १६५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १११ वटाको घटेको छ। बाँकी तीनवटा स्क्रिप्सको मूल्य स्थिर रहेको छ।
बजारमा दोहोरो अंकको सुधार देखिए पनि कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। एभरेष्ट कलरको सेयर मूल्य सर्वाधिक ५.०५ प्रतिशतले बढेको छ।
यसैगरी मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। उक्त कम्पनीको सेयर मूल्य ८ प्रतिशतले घटेको छ।
समूहगत उपसूचकतर्फ माइक्रोफाइनान्स र अर्को एक समूहको उपसूचकबाहेक बाँकी सबै समूह सकारात्मक देखिएका छन्। यसले समग्र बजारमा खरिद चाप बढेको संकेत गरेको छ।
प्रतिक्रिया दिनुहोस