मकवानपुरको भीमफेदी गाउँपालिका–१, रातोमाटेबाट प्रहरीले दुई थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय सुमन भन्ने पञ्चबहादुर थिङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको संयुक्त प्रहरी टोलीले थिङको घरमा खानतलासी गर्दा हतियार फेला पारेको हो।
प्रहरीका अनुसार घरको खाटमुनि बोराभित्र लुकाएर राखिएको अवस्थामा चालु हालतका दुई थान भरुवा बन्दुक बरामद गरिएको थियो।
बरामद हतियारसहित थिङलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस