बुधबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.८३ अंकले वृद्धि भएको छ। यससँगै नेप्से परिसूचक २ हजार ६४३.७९ विन्दुमा पुगेको छ।
प्रि–ओपन सेसनमा ६९ वटा कम्पनीका २ लाख ४३ हजार ४३९ कित्ता सेयर खरिदबिक्री भएका छन्। उक्त कारोबारबाट ११ करोड १८ लाख ६२ हजार ४२६ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारमा सहभागी कम्पनीमध्ये २९ वटाको सेयर मूल्य बढेको छ भने २७ वटाको मूल्य घटेको छ। बाँकी ११ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन।
प्रि–ओपन सेसनमा बजार परिसूचकसँगै कारोबार रकम र सेयर मूल्यमा भएको उतारचढावले लगानीकर्ताको प्रारम्भिक बजार गतिविधि देखाएको छ।
प्रतिक्रिया दिनुहोस