नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ।
निगमको एलपी ग्यास तथा एभिएसन विभागले पत्राचार गर्दै देशभर ग्यासको आपूर्ति व्यवस्था सहज, नियमित र प्रभावकारी बनाउन उद्योगहरूलाई विभिन्न निर्देशन दिएको हो।
निगमले सबै एलपी ग्यास उद्योगलाई बजारको मागअनुसार ग्यास आयात अधिकतम रूपमा बढाउन आग्रह गरेको छ। त्यस्तै, उद्योगको भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गरी पर्याप्त मौज्दात राख्न पनि निर्देशन दिएको छ।
यसका साथै भन्सारमा रहेका ग्यास बुलेटहरू समयमै छुटाएर आपूर्ति प्रणालीमा ल्याउन निगमले उद्योगहरूलाई आग्रह गरेको छ।
बजारमा ग्यासको सहज उपलब्धता सुनिश्चित गर्दै आपूर्ति व्यवस्थालाई नियमित बनाउन निगमले यस्तो कदम चालेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस