२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

सुनको मूल्य तोलामा ६ हजार ५०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

बुधवार, मंसिर १० २०८३१२:१०

नेपाली बजारमा बुधबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ। सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य १०५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ४० रुपैयाँ निर्धारण गरिएको छ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तीन हजार १४५ रुपैयाँ रहेको थियो।

एकै दिन सुनको मूल्यमा आएको ठूलो गिरावटसँगै नेपाली बजारमा बहुमूल्य धातुको कारोबार प्रभावित हुने देखिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij