इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को खेलाडी अक्सनका लागि १० नेपाली क्रिकेटरले नाम दर्ता गराएका छन्।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बुधबार सार्वजनिक गरेको अक्सन रजिस्टरअनुसार नेपालबाट १० खेलाडीले आगामी सिजनका लागि आफ्नो नाम सूचीकृत गराएका हुन्।
अक्सनमा सहभागी हुन १८ देशका कुल एक हजार २२० खेलाडीले नाम दर्ता गराएका छन्। तीमध्ये ९३९ जना भारतीय र २८१ जना विदेशी खेलाडी रहेका छन्।
भारतपछि अस्ट्रेलियाबाट सबैभन्दा धेरै ५३ खेलाडीले नाम दर्ता गराएका छन्। त्यस्तै, एसोसिएट राष्ट्रहरूबाट ४२ खेलाडी अक्सनको प्रक्रियामा सहभागी भएका छन्।
एसोसिएट राष्ट्रमध्ये अमेरिकाबाट १३, नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बाट १०–१०, नेदरल्यान्ड्सबाट तीन तथा क्यानडा, जापान र स्कटल्यान्डबाट दुई–दुई खेलाडीले नाम दर्ता गराएका छन्।
अक्सनअघि नै विभिन्न फ्रेन्चाइज टोलीले १८४ खेलाडीलाई रिटेन तथा छनोट गरिसकेका छन्। अब बाँकी स्थानका लागि अक्सनबाट ६६ खेलाडी अनुबन्ध गरिनेछ। तीमध्ये २५ स्थान विदेशी खेलाडीका लागि छुट्याइएको छ।
अक्सनको अन्तिम सूचीमा समावेश हुने खेलाडीको टुंगो डिसेम्बर ४ मा लाग्नेछ।
प्रतिक्रिया दिनुहोस