Logo
04 Feb 2026    २२ माघ २०८२, बुधबार

ताजा खबर

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छ : प्रधानमन्त्री कार्की सशस्त्र प्रहरीमा राजीनामा, रवाना र बिदा बन्द फ्रि भिसा–फ्रि टिकट व्यवस्था खारेज हुने ! युरिया मल आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र निर्वाचन आचारसंहिता उल्लङ्घन : निर्वाचन आयोगद्वारा काठमाडौं महानगरसँग स्पष्टीकरण माग प्रतिनिधिसभा विघटन मुद्दा : सर्वोच्चले माघ २८ लाई साधारण तारिख तोक्यो, सुनुवाइ अझै अनिश्चित

एसियन वाटरबर्ड सेन्सस २०२६ : नेपालमा जलपन्छी प्रजाति र सङ्ख्या घट्यो, सिमसार संरक्षणमा चुनौती

Reporter

काठमाडौं । यस वर्ष गरिएको एसियन वाटरबर्ड सेन्सस २०२६ अनुसार नेपालमा जलपन्छीको प्रजाति र कुल सङ्ख्या दुवैमा गिरावट आएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल पन्छीविद् सङ्घले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर ८९ प्रजातिका ९० हजार ६८८ जलपन्छी अभिलेख गरिएको छ।

गत वर्ष २०२५ मा ९४ प्रजातिका ९६ हजार ५६५ जलपन्छी अभिलेख गरिएको थियो। यस वर्षको तथ्याङ्कअनुसार प्रजातिमा ५ र सङ्ख्यामा ५ हजार ८७७ ले कमी आएको हो।

नेपालमा सन् १९८७ देखि वेटल्याण्ड्स इन्टरनेशनलको समन्वयमा नियमित जलपन्छी गणना हुँदै आएको छ। यस वर्षको गणना जनवरी ३ देखि १८ सम्म सञ्चालन गरिएको थियो भने विश्व सिमसार दिवस (फेब्रुअरी २) का अवसरमा नतिजा सार्वजनिक गरिएको हो।

गणनामा देशभरका १८ प्रमुख सिमसार क्षेत्र र ७८ उप–क्षेत्रमा ४११ जना स्वयंसेवक, पन्छीविद् तथा कर्मचारी परिचालन गरिएको थियो।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सबैभन्दा बढी २५ हजार ३५८ जलपन्छी अभिलेख भए पनि यो सङ्ख्या गत वर्षभन्दा कम हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भने सङ्ख्या बढेर २२ हजार ८१७ पुगेको छ।

कोशीटप्पु वन्यजन्तु आरक्ष, जगदीशपुर जलाशय, रारा ताल, बाँके राष्ट्रिय निकुञ्ज र बर्जुताल लगायत क्षेत्रमा चराको सङ्ख्या घटेको देखिएको छ। यद्यपि लुम्बिनी, पोखरा उपत्यका, धनुषाधाम–कमला क्षेत्र, राप्ती नदी (दाङ) र घोडाघोडी ताल क्षेत्रमा केही सुधार देखिएको छ।

विशेषज्ञहरूका अनुसार सिमसारमा आश्रित चराहरूको अवस्था बुझ्न, संरक्षणका लागि जनचेतना बढाउन तथा नीति निर्माणमा सहयोग पुर्‍याउन यस्तो गणना महत्वपूर्ण हुन्छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको