२०८३, भाद्र ५ गते

शुक्रवार, भाद्र ५ गते २०८३

यूएईद्वारा इरानसँगका व्यापारिक तथा वित्तीय कारोबार निलम्बन

बुधवार, भाद्र ३ २०८३१०:१७

काठमाडौं। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ।

समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएर शान्ति तथा सुरक्षामा खतरा उत्पन्न भएको भन्दै यस्तो निर्णय गरेको हो।

यसअघि यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको थियो। तर, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले उक्त दाबी अस्वीकार गरेका थिए।

यूएईका अनुसार प्रहार गरिएका दुईमध्ये एउटा मिसाइल यूएईको क्षेत्रीय जलक्षेत्रभन्दा बाहिर खसेको थियो भने अर्को यूएईको जलक्षेत्रभित्र खसेको थियो।

अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएपछि यूएई इरानी आक्रमणको जोखिममा रहेका प्रमुख क्षेत्रीय देशहरूमध्ये एक बनेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij