२०८३, भाद्र ५ गते

शुक्रवार, भाद्र ५ गते २०८३

सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

बुधवार, भाद्र ३ २०८३१०:२३

दाङ। घोराहीमा सरकारी अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरिएको छ।

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा घोराहीका सोहनलाल चौधरी, कृष्णबहादुर चौधरी तथा बङ्गलाचुलीका दिवाकर खत्री र खिमबहादुर घर्तीविरुद्ध कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत मुद्दा दायर गरिएको हो।

प्रहरीका अनुसार उनीहरूलाई गत साउन २८ गते राति घोराही उपमहानगरपालिका–७, सिसहनियामा ट्याक्टरमार्फत डिएपी र युरिया मल ढुवानी गरी बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो। उनीहरूको साथबाट ५३ बोरा डिएपी र चार बोरा युरिया बरामद भएको थियो।

जिल्ला सरकारी वकिल कार्यालय दाङका सहायक जिल्ला न्यायाधिवक्ता श्रीधर अधिकारीका अनुसार उक्त मल लक्षित किसानलाई वितरण गर्ने प्रयोजनका लागि कृषि सामग्री कम्पनी लिमिटेडबाट सहकारीको नाममा खरिद गरिएको थियो। तर, किसानलाई वितरण नगरी महँगो मूल्यमा बिक्री गर्न खोजेको अनुसन्धानबाट खुलेको छ।

अनुसन्धानमा उनीहरूले बङ्गलाचुली गाउँपालिका–५ स्थित सहकारीका लागि १३० बोरा डिएपी र १८० बोरा युरिया खरिद गरेको देखिएको छ।

सरकारी अनुदानमा प्राप्त मल तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरी किसानलाई ठगी गरेको प्रमाण फेला परेपछि कानुनी कारबाही अघि बढाइएको हो।

मुद्दा दायर गरिएकाहरूलाई ऐनबमोजिम कैद तथा जरिवानाको सजाय माग गरिएको छ। साथै, बरामद मल जफत गरी सम्बन्धित सहकारी वा कृषि सामग्री कम्पनीमार्फत किसानलाई उचित मूल्यमा बिक्री वितरण गर्न माग गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij