२०८३, भाद्र ५ गते

शुक्रवार, भाद्र ५ गते २०८३

मकवानपुर गाडी दुर्घटना : मुख्य न्यायाधीशसहित ६ घाइते

मंगलवार, भाद्र २ २०८३१०:२४

मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कारपियो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहित सात जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाएको जनाएको छ।

घाइतेहरूको नाम:-

१. चालक जिल्ला दाङ राप्ति न.पा. ८ बस्ने वर्ष अं. ३२ को छुनिलाल चौधरीको टाउको र शरिरको विभिन्न भागमा चोट, अवस्था मध्यम।  

२. मुख्य नायाधीश जिल्ला दाङ तुलसीपुर उ.म.न.पा. ९ बस्ने वर्ष अं. ५७ को गोकर्ण डाँगीको टाउको र शरीरको विभिन्न भागमा चोट, अवस्था मध्यम।  

३. रजिष्टार जिल्ला बैतडी दशरचन्द न.पा. ७ सुर्काल बस्ने वर्ष अं. ५१ को तारादत्त बडुको शरीरको विभिन्न भागमा चोट, अवस्था मध्यम।  

४. निजको श्रीमती वर्ष अं. ४९ कि लक्ष्मी बडुको टाउको र शरीरको विभिन्न भागमा चोट, अवस्था गम्भीर।  

५. निजको छोरा वर्ष अं. २५ को रितेन्द्र बडुको टाउकोमा चोट, अवस्था मध्यम।  

६. निजको दिदी वर्ष अं. ३१ कि रिता बुडको टाउको र शरीरको विभिन्न भागमा चोट, अवस्था मध्यम।

यस्तै, चालक र रजिष्टारलाई थप उपचारका लागि हेटौडा अस्पताल पठाइएको छ भने बाँकी चार जना घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंंको छाउनी अस्पताल पठाइएको मकवानपुर प्रहरीले बताएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij