Logo
26 Apr 2024    १४ बैशाख २०८१, शुक्रबार

ताजा खबर

वाईवाई चाउचाउ गुणस्तरहीन : महानगरले गर्‍यो चौधरी ग्रुपलाई दुई लाख जरिवाना आजदेखि १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी विद्यालय समयमा शिक्षकलाई अन्य कार्यमा नलगाउन महानगरको निर्देशन काँग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय ‘मिस एन्ड मिसेस ब्युटीफुल नेपालको अडिसन जेठ ५ गते हुँदैं गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन, अश्लिल पोष्ट गरेको विषयमा अनुसन्धान गर्दैछौं:साइबर ब्युरो

रजनी सचेतना नेपाल फाउन्डेसनले बाड्यो २० हजार मास्क

admin

काठमाडौं। विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाईरसको जोखिम विरुद्धको महाअभियानमा रजनी सचेतना नेपाल फाउन्डेसनले सक्रियता बढाएको छ। तीनै तहको सरकार कोरोना सम्बन्धमा सक्रिय नहुँदै रजनी सचेतना नेपाल फाउन्डेसनले गत माघ २३ गते देखि नै कोरोना भाईरस विरुद्ध अभियान सञ्चालन गरेको छ।

अभियान अन्तर्गत टोखा नगरपालिकास्थित एघारै वटा वडाका सर्वसाधारणलाई लक्षित गर्दै फाउन्डेसनले निस् शुल्क मास्क र कोरोना भाईरस सम्बन्धि सचेतना मुलक पर्चा वितरण गरेको छ। फाउन्डेसनको सक्रियतामा प्रत्येक वडामा सचेतनामुलक ब्यानर समेत राखिएको छ। फाउन्डेसनका अध्यक्ष रजनी थापाका अनुसार हालसम्म २० हजार थान मास्क वितरण गरिएको छ।

फाउन्डेसनका अध्यक्ष थापाले महामारीको जोखिमबाट बच्न र जनताको सेवा गर्न सरकारको मुख नताकी काम गर्दै आएको बताइन। कोरोना भाईरसको जोखिमलाई पार गर्न सम्पूर्ण देश एकजुट हुनुपर्ने र सबैले आफू सुरक्षित रहि आफ्नो क्षमताले भ्याएसम्म अरुलाई पनि सुरक्षित रहन सहयोग गर्नुपर्ने बताइंन।

स्थापना भएको तीन वर्ष नबित्दै रजनी सचेतना नेपाल फाउन्डेसन सामाजिक कार्यमा सक्रिय रहेको छ। फाउन्डेसनले निशुल्क दन्त परिक्षण, जेष्ठ नागरीक सम्मान, विभिन्न विषयक प्रशिक्षण लगाएतका दर्जनौं भन्दा बढी कार्यक्रमहरु सम्पन्न गरिसकेको छ। राजनीतिकर्मी मात्रै नभइ समाजसेवीको समेत परिचय बनाउन सफल रजनी थापा नेपाली कांग्रेसकी युवा नेतृ हुन। उनी टोखा नगरपालिकामा उपमेयरकी उम्मेदवार थिइन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको