अमिताभ बच्चनसँगै उनका छोरा अभिषेकलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि

राष्ट्रखबर-

२८ असार, काठमाडौंः भारतीय सिनेमाका अमिताभ बच्चनसँगै उनका छोरा अभिषेक बच्चनलाई पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । अभिनेता अभिषेक बच्चनले आफूलाई पनि कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् ।

बच्चनले आफ्नो अधिकारिक ट्विटर ह्यान्डलमार्फत आफू र बुबा अमिताभलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘बुबा र मलाई कोरोना भाइरसको संक्रमण भएको पुष्छि छ । हामीमा सामान्य लक्षण देखिएका थिए । अहिले हामीलाई अस्पताल भर्ना गरिएको छ ।

बलिवुडका दर्शकहरुले अभिताम र अभिषेक प्रति हार्दिक स्वास्थ्य लाभको कामना गरेका छन् । त्यस्तै, बच्चन बाबु छोराका अनुसार उनीहरुको परिवारका अन्य सदस्यको पनि कोराना परिक्षण भएको छ र नतिजा आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *