Logo
20 May 2024    ७ जेष्ठ २०८१, सोमबार

ताजा खबर

प्रधानमन्त्री ‘प्रचण्ड’ले पाए चौथोपटक विश्वासको मत १५ औं प्रिज्मा डि सिने अवार्ड भव्य रुपमा सम्पन्न युवापुस्तालाई सपना र यथार्थबीच फरक संझाउने उपन्यास ‘ड्रिम लभर’ बजारमा इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको पुष्टी भारतसँग जोडिएको सीमा नाका तीन दिन बन्द हुने मिलनको उपन्यास कृति ‘कर्ना’ लोकार्पण

अजरबैजानमा सम्पन्न सम्मेलनमा नेपालीलाई विशेष सम्मान

Reporter

अजरबैजानको राजधानी बाकुमा ग्लोबल टुरिजम कन्फ्रेरन्स भव्य रुपमा सम्पन्न भएको छ । कोरोना कहरका कारण विश्वभर पर्यटन व्यबसायमा मन्दि भए संगै परेको असरको बारेमा विभिन्न देशका पर्यटन व्यबसायीहरुको सहभागिता रहेको उक्त सम्मेलनमा पर्यटन व्यबसायी वीच पर्यटन व्यबसायमा परेको असर र त्यसका समाधानका उपाय विषयक अन्तरक्रिया समेत गरिएको थियो ।  उक्त सम्मेलनले मुख्यत अजरबैजान पर्यटनको मुख्य गन्तव्य बन्दै गईरहेको सन्दर्भमा नेपालमा पनि अजरबैजानी पर्यटन भित्र्याउन पहलका विषयमा विशेष छलफल चलेको थियो ।
अजरबैजानको लोकप्रिय संस्था टेम्पो ट्रिप्सले आयोजना गरेको उक्त सम्मेलनमा नेपाल, अजरबैजान लगायत विभिन्न देशकका पर्यटन व्यबसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
सम्मेलनमा बोल्दै आयोजक संस्थाकी प्रमुख सदागत तहमाजोभाले यस सम्मेलनले नेपाल अजरबैजानको पर्यटन प्रवद्र्धनमा विकास र टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । भने, धेरै अजरबैजानीलाई नेपालको वारेमा जानकार नभएकाले पनि नेपाल भ्रमण गर्ने अजरबैजानी पर्यटनको संख्या न्यून रहेको जानकारी दिदै यस सम्मेलनले बुद्धभुमी र सगरमाथाको देशमा अजरबैजानी पर्यटक वृद्धि हुने विश्वास व्यक्त गर्नुभएका थियो । त्यसै गरि अन्य वक्ताहरुले पनि आफ्ना आफ्नो देशको चिनारीका विषयमा प्रष्ट पार्नुभएको थियो ।

नेपालबाट पत्रकार,कलाकार,समाजसेवी,राष्ट्रसेवक कर्मचारी लगायत करीब २ दर्जन व्यक्तित्वहरुले सहभागिता जनाएका थिए । सम्मेलनको अन्तिम दिन नेपालबाट सम्मेलनमा सहभागी चिकित्सा सेवा आयोगका उपसचिव सीताराम कोईराला, वरिष्ठ अधिबक्ता कलम बहादुर खत्री, वरिष्ठ समाजसेवी एवं व्यबसायी राधा देवी पराजुली,स्वास्थ्य व्यबसायी अरुण कोईराला, संचारकर्मी राजेन्द्र लुईटेल,चलचित्र अभिनेता श्रीदेब भट्टराई,संचारकर्मी सोनीत राज ढुंगेल, अर्थविज्ञ माधव निर्दोष,सौन्दर्यविद मनिषा जिसी,समाजसेवी तथा संचारकर्मी अनिल नगरकोटी,समाजसेवी रन्जिता गुरुङ्ग, ईभेन्ट डाईरेक्टर सन्तोष सुवेदी,फोटो पत्रकार युवराज नेपाललाई आयोजक संस्थाको तर्फबाट पर्यटन प्रबर्द्धन र विकासमा उल्लेख्य योगदान दिए वापत विशेष सम्मान प्रदान गरिएको थियो ।

नेपालमा आफ्नो क्षेत्रमा लामो समयदेखि उत्कृष्ट योगदान दिएका प्रतिष्ठित व्यक्तित्वहरुलाई छनौट गरि उक्त सम्मेलनमा सहभागी गराईएको थियो भने नेपालबाट सम्मानित र सहभागि व्यक्तित्वहरुको चयन भने पेजेन्ट नेपाल नेटवर्कले गरेकोे थियो । राष्ट्रखबर, तथ्यखबर, राष्ट्रपत्र, ग्यालेक्सि दैनिक ,पेजेन्ट नेपाल लगायत लोकप्रिय संचारमाध्यमहरु संचालन गर्दै आईरहेको पेजेन्ट नेपालले देश तथा विदेशमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ ।

अजरबैजान भ्रमणका लागि नेपालीहरुको संख्या दिनादिनु बढ्दै गईरहेको छ । तर अजरबैजानबाट नेपाल भ्रमण गर्न आउनेको संख्या अधिक न्यून रहेको तथ्यांकले देखाएको छ । नेपालमा खुलेका टुर प्याकेज उपलव्ध गराउने ट्राभल एजेन्टहरुले नेपाली जनमानसमा सस्तोमा विदेश घुमाउने लोभ देखाउदै विभिन्न देशका टुर प्याकेजको लागि बजार प्रबर्द्धन गरेपनि नेपालमा अन्य देशबाट पर्यटन भित्र्याउन पहल गरेको भने पाईएको छैन । सस्तो दरमा विदेशका टुर प्याकेजको लोभ देखाउदै थप सेवाका लागि अन्य शुल्क जोड्दै भ्रम श्रृजना गर्ने नेपाली टुर प्याकेज एजेन्टहरुको बढ्दो संख्याले नेपालीहरु ठगिने क्रम बढेको समेत देखिएको छ । टुर प्याकेजको नाउमा मोटो रकम लिएर अवैध  रुपमा रोजगारीका लागि विदेश पठाउने र अलपत्र पार्ने ट्राभल एजेन्टहरुलाई कारवाहीको दायरामा ल्याउनु पर्ने माग सर्वत्र उठे पनि सरकारबाट खासै पहल नभएको गुनासो बढ्दै जानुले पनि पर्यटन व्यबसायमा समेत नकरात्मक असर पुग्ने अर्थविदहरु बताउछन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको