कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीको डग स्क्वाड टोलीले लागुऔषध खैरो हिरोइनसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
आइतबार भीमदत्त नगरपालिका–१० स्थित भन्सार बेरियलमा चेकजाँचका क्रममा कैलालीको घोडाघोडी नगरपालिका–६, अस्नेहरा निवासी २४ वर्षीय विक्रम मिजार पक्राउ परेका हुन्। उनको मुखभित्र लुकाइएको अवस्थामा लागुऔषध फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
सीमा सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको सशस्त्र प्रहरी टोलीले ‘अल्फा’ नामको लेब्राडोर कुकुरको सहायताले जाँच गर्ने क्रममा ०.१६ ग्राम खैरो हिरोइन बरामद गरेको हो।
बरामद लागुऔषधसहित मिजारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस