२०८३, कार्तिक २ गते

आइतवार, कार्तिक २ गते २०८३

मकवानपुरमा ईभी दुर्घटना हुँदा ११ जना घाइते, एकको अवस्था गम्भीर

आइतवार, कार्तिक २ २०८३०३:४७

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ बादरेभीरस्थित हेटौँडा–भैँसे सडकखण्डमा आज दिउँसो विद्युतीय सवारीसाधन (ईभी) दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०६७४ नम्बरको भाडाको ईभी दिउँसो करिब १२:३० बजे अनियन्त्रित भई सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएर बायाँ किनारको नालामा खसेको थियो ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी भैँसेबाट खटिएको टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो । उनीहरूलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको थियो ।

दुर्घटनामा रौतहटको दुर्गा भगवती गाउँपालिका–१, पिपराटोल निवासी अन्दाजी ५० वर्षीय हरि साह गम्भीर घाइते भएका छन् । उनको मुखमा गहिरो चोट लागेकाले प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेज रिफर गरिएको छ ।

उनका साथमा रहेका परिवारका अन्य सदस्यहरू पनि सामान्य घाइते भएका छन् । घाइते हुनेमा उनकी २६ वर्षीया छोरी चन्दा कुमारी साह, २३ वर्षीया छोरी शिवा कुमारी साह, पाँच वर्षीय नाति आर्यन साह, नाति शिवान्स साह र नातिनी शान्ति कुमारी साह रहेका छन् । उनीहरू थप उपचार तथा हेरचाहका लागि चितवन गएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij