२०८३, कार्तिक २ गते

आइतवार, कार्तिक २ गते २०८३

मर्भुङकोट मन्दिर पुर्खाको गौरव र नयाँ पुस्ताका लागि प्रेरणाको पाठशाला : आईजीपी कार्की

आइतवार, कार्तिक २ २०८३०४:०९

गुल्मी । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव र नयाँ पुस्ताका लागि प्रेरणाको जीवन्त पाठशाला भएको बताएका छन् ।

करिब ५०० वर्ष पुरानो धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको गुल्मीको मालिका गाउँपालिका–८ स्थित मर्भुङकोट मन्दिरको आइतबार उद्घाटन गर्दै उनले धार्मिक आस्था र सांस्कृतिक सम्पदाको संरक्षणसँगै समाजमा सामाजिक सद्भाव कायम गर्नुपर्नेमा जोड दिए ।

महानिरीक्षक कार्कीले धार्मिक पर्यटनको सम्भावना बोकेको मर्भुङकोट क्षेत्रको विकासका लागि सडक पहुँच, खानेपानी, शौचालय र विश्रामस्थललगायत आधारभूत पूर्वाधार निर्माण गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकार तथा सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताए ।

सो अवसरमा उनले देवीको पूजा गर्ने तर घरपरिवार र समाजमा महिलामाथि अन्याय तथा शोषण गर्ने प्रवृत्ति विरोधाभासपूर्ण रहेको धारणा व्यक्त गरे ।

“समाजबाट घरेलु हिंसा, बोक्सीको आरोप, छाउपडी, दाइजो र बालविवाहजस्ता कुप्रथाको अन्त्य गरी महिलाको सम्मान सुनिश्चित गर्न सके मात्र विजयादशमीको सन्देश सार्थक हुन्छ,” महानिरीक्षक कार्कीले भने ।

उनले विजयादशमी असत्यमाथि सत्यको विजयको प्रतीक मात्र नभई समाजमा विद्यमान विकृति र कुरीतिविरुद्ध सङ्कल्प गर्ने अवसरसमेत भएको बताए ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिमालय केसीका अनुसार स्थानीय जनसहभागितामा मन्दिरको पुनर्निर्माण गरिएको हो ।

मालिका गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालका अनुसार मन्दिर पुनर्निर्माणमा कुल ६० लाख रुपैयाँ खर्च भएको छ । निर्माणका लागि ३२४ जना दाताबाट न्यूनतम १०० रुपैयाँदेखि अधिकतम तीन लाख ३१ हजार १११ रुपैयाँसम्म सहयोग सङ्कलन गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा मन्दिर निर्माणमा उल्लेखनीय योगदान पुर्‍याउने चन्दादाता तथा निर्माण समितिका पदाधिकारीलाई सम्मान गरिएको थियो ।

मर्भुङकोट मन्दिर साविकका मर्भुङ, सिर्सेनी, अर्खाबाङ र हवाङ्दी गाउँको साझा ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्रका रूपमा स्थापित भएको मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij