सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–४, ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जना पक्राउ परेका छन् ।
हनुमान् मन्दिरनजिकै बुलबुल यादवको घरमा आज बिहान खानतलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी हेमराज ओलीले जानकारी दिए ।
पक्राउ पर्नेमा इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव र ३० वर्षीय आशिष यादव तथा दुहबी नगरपालिका–१० का २२ वर्षीय कुन्दन यादव रहेका छन् ।
प्रहरीले उनीहरूलाई गाँजासहित एक थान मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस